युवा संघको राष्ट्रिय महाधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने

30

काठमाडौँ, २७ चैत । नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन हुँदै छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने सो महाधिवेशन २९ गतेसम्म जारी रहने छ ।

 नेपालगञ्जमा हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा १० हजारभन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए । उनका अनुसार महाधिवेशनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...