काठमाडौँ, २६ चैत । मिस नेपाल वर्ल्ड २०१६ अस्मि श्रेष्ठ राइटपाथ करियर काउन्सिलिङको ब्राण्ड एम्बेस्डर बनेकी छन् ।
शुक्रबार हात्तीसारस्थित अरन्या बुटिक होटेलमा आयोजित सम्झौता कार्यक्रममा ब्राण्ड एम्बेस्डर बन्ने समझदारी पत्रमा हस्ताक्षर भएसँगै उनी औपचारिक रूपमा राइटपाथकी ब्राण्ड एम्बेस्डर बनेकी हुन् । यसअघिकी ब्राण्ड एम्बेस्डर पुजा शर्माको कार्यकाल सकिएसँगै संस्थाले अस्मिलाई नयाँ ब्राण्ड एम्बेस्डरका रूपमा भित्र्याएको हो ।
सम्झौता कार्यक्रममा बोल्दै राइटपाथका कर्पोरेट म्यानेजर प्रवेश जिशीले सन् २०१६ देखि निरन्तर गुणस्तरीय परामर्शको सारथि बन्दै आएको भन्दै उनले अस्मि श्रेष्ठ जस्तो व्यक्तित्वलाई सद्भावना दूत बनाउन पाउँदा गौरवको महसुस भएको बताए । जिसीले राइटपाथको आगामी यात्रा उनीसँगको सहकार्यका कारण अझै सफल हुने विश्वास व्यक्त गरे ।
ब्रान्ड एम्बेस्डर बनेपछि पूर्वमिस नेपाल अस्मि श्रेष्ठले राइटपाथले आफूलाई विश्वास गरेकोमा धन्यवाद दिइन् । आफू मिस नेपाल बनिसकेपछि फेसन मोडलका रूपमा कार्यरत रहेको र इन्टेरियर डिजाइनरसमेत भएको बताएकी उनले आफू पनि सहिमार्ग (राइटपाथ)मा हिँड्न खोजेको बेला संस्थासँग जोडिएको भनाइ राखिन् ।
कुनै ब्राण्डसँग जोडिनुअघि आफूले अध्ययन गरेर मात्रै निर्णय गर्ने गरेको र राइटपाथले नैतिकतासहितको व्यवसाय गरिरहेको पाएकाले मात्रै आबद्ध भएको उल्लेख गरिन् । गुणस्तरीय परामर्श दिने कामलाई अझै अगाडि लाने र यो सहकार्यले थुप्रै माइलको यात्रा तय गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।
राइटपाथका फाउन्डर सिइओ फिलिप डिसीले अस्मि श्रेष्ठलाई ब्राण्ड एम्बेस्डरका रूपमा जोडिएकोमा धन्यवाद दिए । अस्मि श्रेष्ठसँगको सहकार्यले आगामी एक वर्षभित्र विभिन्न गतिविधिहरू हुने र त्यसले विद्यार्थीलाई फाइदा पुग्ने विश्वास आफूले लिएको उनको भनाइ थियो ।