दिदीबहिनी मृत फेला घटना : ७ जना प्रहरी नियन्त्रणमा

207

रूकुमपूर्व, २६ चैत । रूकुमपूर्वमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ । पुथा उत्तरगंगा गाउँपालिका–३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो ।

यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँ नजिकैको भिरमा शव भेटिएको थियो । ११ वर्षीया रिना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशंकामा प्रहरीले शंकास्पद ७ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिए ।

दुवैजनाले लगाएको गहना लुटपाट भएकाले उनीहरूको हत्या गरिएको हुनसक्ने अशंका गरिएको छ । दुवै बालिकाको शनिबार शव रूकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा रहेका पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...