सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा युवक पक्राउ

23

काठमाडौँ, २४ चैत । नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

स्याङ्जा वालिङ नगरपालिका–१० घर भइ पोखरा महानगरपालिका–१६ बाटुलेचौर डेरामा बस्ने २१ वर्षीय सागर ढकाललाई साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सर्भर साइबर आक्रमण भइरहेको भन्ने नेपाली सेनाबाट अनुसन्धान तथा कारबाहीका लागि पत्र प्राप्त भएपछि गरिएको अनुसन्धानमा ढकालको संलग्नता देखिएपछि बिहीबार उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) पशुपति कुमार रायले जानकारी दिए ।

ढकालविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अपराधअन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरूगरेको एसपी रायले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...