काठमाडौँ, २४ चैत । सामाजिक सञ्जाल ट्विटर खरिद गरेयता चर्चामा रहँदै आएका एलन मस्कले ट्विटरको निलो चरा रहेको लोगो नै परिवर्तन गरेर सबैलाई चकित पारे । उनले ट्विटरको वेब भर्सनमा चराको ठाउँमा कुकुर राखेका थिए ।
मस्कले ट्विटरको चिरपरिचित निलो चरा लोगोलाई प्रतिस्थापन गर्दै पहेँलो रङको कुकुरको लोगो राखेका थिए । त्यो पनि तीन दिनमै पुरानै चरालाई लोगेका रूपमा अहिले ट्विटरमा फिर्ता आएको छ । मस्ले राखेको कुकुरको तस्बिर जापानी प्रजातिको कुकुर ‘शिबा इनु’को भएको र यो डोजक्वाइन डिजिटल मुद्राको प्रयोग गर्दै आएको लोगोसँग मिल्दो थियो ।
डोजक्वाइन एउटा मिमक्वाइन हो भने सुरूमा हास्य प्रयोजनका लागि यसको सिर्जना गरिएको थियो । डोजक्वाइनसँग ट्रम्पको अदालतमा विवाद चल्दै आएको छ ।
सोमबार राति निलो चराको स्थानमा कुकुरको तस्बिर देखिन थालेपछि प्रयोगकर्ता कतै ट्विटर ह्याक त भएन भन्दै चकित परेका थिए । तर, पछि मस्क स्वयंले एउटा फोटो ट्विट गरेपछि प्रयोगकर्ता मस्कले नै सो लोगो परिवर्तन गरेका हुन् भन्नेमा ढुक्क भएका थिए ।
शुक्रबार ट्विटरले उक्त कुकुरको लोगो हटाएर पुरानै चरा राखेको छ । निलो चराबारे ट्विटरले आधिकारिक जानकारी दिएको छैन ।