सन् २०२२ मा जापानको मृत्युदरमा दोब्बर वृद्धि

32

टोकियो, २३ चैत । जापानमा सन् २०२२ मा एक लाख १३ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।

यो सङ्ख्याले कोभिड–१९ का कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मृत्युदरमा वृद्धि हुन सक्ने सम्भावनालाई जोड दिएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयअन्तर्गतको संस्था नेसनल इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिज (एनआइआइडी)ले उक्त अनौपचारिक तथ्यांक तयार पारेको हो ।

एनआइआइडीका अनुसार सन् २०२२ को एक निश्चित अवधिमा मृत्युको अवलोकन गरिएको सङ्ख्या र सोही अवधिमा मृत्युको अनुमानित सङ्ख्याबीचको भिन्नताको रूपमा परिभाषित गरिएको अतिरिक्त मृत्युको सङ्ख्या ४७ हजार ३३० देखि एक लाख १३ हजार ३९९ को बीचमा थियो । यस्तो सङ्ख्या सन् २०२१ मा एघार हजार ४७५ देखि ५० हजार ४९५ थियो ।

एनआइआइडीका महानिर्देशक तथा स्वास्थ्य मन्त्रालयको सल्लाहकार समितिका अध्यक्ष ताकाजी वाकिताले बुधबार पत्रकारहरूसँग भने, “यस्तो मृत्युमा वृद्धि कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको फैलावटसँग जोडिएको हुन सक्छ, जसले गत वर्ष जापानमा कोभिड–१९ सङ्क्रमण र मृत्युको रेकर्ड स्तरलाई बढायो ।”

“हामीले श्वासप्रश्वाससम्बन्धी रोग र वृद्धावस्थामा मृत्यु हुनेको सङ्ख्यामा वृद्धि देखेका छौँ,” उनले भने, “यो ओमिक्रन भेरिएन्टको फैलावटबाट प्रभावित भएको हुन सक्छ । हामीले यस विषयमा थप विश्लेषण गर्न आवश्यक छ ।”

Share This:
सम्बन्धित खबर
Loading...