एउटै परीक्षा केन्द्रबाट ५२ नक्कली परीक्षार्थी पक्राउ

34

विराटनगर, २३ चैत । मोरङको ग्रामथानमा एउटै परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)का ५२ जना नक्कली परीक्षार्शी पक्राउ परेका छन् ।

बिहीबार बिहान जिल्लाको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिँदै गरेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नयाब उपरीक्षक (डिएसपी) रन्जन कुमार दाहालले जानकारी दिए ।

नक्कली परीक्षार्थी भेटिएपछि अहिले घटनाको अनुसन्धान भइरहेको डिएसपी दाहालले बताए । घटनास्थलमा प्रहरी र शिक्षा विकास समन्वय इकाई मोरङका प्रमुख टंक गौतमको टोली पुगेको छ ।

नक्कली परीक्षार्थी खुलातर्फ परीक्षा दिने रहेको परीक्षा केन्द्रअध्यक्ष तथा सरस्वती नमुना माविका प्रधानाध्यापक अशोक लुइँटेलले बताए । सरस्वती नमुनामा ८ वटा विद्याालयको सेन्टर रहेको छ ।

सरस्वती स्कुलमा ११ वटा कोठामा परीक्षा भइरहेको छ । ११ मध्ये ७ वटा कोठाबाट ५२ जना नक्कली परीक्षार्थी भेटिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...