जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

109

काठमाडौँ, २२ चैत । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २० जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको टोखा नगरपालिका–३ बानियाँटार धमालटार बस्ने ३९ वर्षीय युवराज कँडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कँडेलसहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १३ हजार ७ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौँ महानगरपालिका–१६ बोहोराटारस्थित पुरानो सामुदायिक भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय राजन बोहरासहित ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ५ सय रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानिगञ्ज डाँडा टोल नजिक रहेको आँपको बगैचामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१७ बस्ने ६० वर्षीय बेचु बम्जनसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ३४० रूपैयाँ र १२ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

तीन वटै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...