काठमाडौँ, २२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले एक–दुई दिनमा पूर्णता पाउने बताएका छन् । आज काठमाडौँमा भएको सहकारीकर्मीको भेलामा बोल्दै उनले केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।
नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमत पार्टीले मन्त्रालयमा मन्त्री पठाउन ढिला गर्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । प्रधानमन्त्री प्रचण्डले ६ वटा मन्त्रालय अझै आफैँसँग राखेका छन् ।
प्रधानमन्त्री प्रचण्डले चैत ७ मा मन्त्रिपरिषद् विस्तार गरे पनि पूर्णता पाएको छैन ।
“सरकारले करिब–करिब पूर्णता पाएको छ । आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ,” उनले भने, “अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा छ ।”