सिक्किम हिमपहिरोमा परी ३ नेपालीसहित ७ जनाको मृत्यु

48

काठमाडौँ, २२ चैत । सिक्किममा हिमपहिरो जाँदा तीन नेपालीसहित ७ जनाको मृत्यु भएको छ ।

सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा चितवनका शिवप्रसाद लामिछाने (उमेर नखुलेको) र आशिष ढकाल छन् (२२) छन् । यस्तै, रूपन्देहीकी मुना शाह श्रेष्ठ (२९) को हिमपहिरोमा परी मृत्यु भएको छ । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए ।

यसैगरी मृत्यु हुनेमा अन्य ४ भारतीय नागरिक बाल सिंह, रेब्या सिंह, सौरभ रोय चौधरी र प्रितम माटे रहेका छन् ।

मंगलबार स्थानीय समयअनुसार दिउँसो १२ः१५ बजे गान्तोक–नाथुल पास जोड्ने नवाहरलाल नेहरू सडकमा गएको पहिरोमा १३ जना घाइते भएका छन् । २० देखि ३० वटा पर्यटक हिउँमुनि फसेको अनुमान गरिएको छ । सिक्किम सेनाले विज्ञप्ति जारी गर्दै १४ जनाको उद्धार गरिएकोमा ७ जनाको सामान्य उपचारपछि गान्तोक फर्काइएको जनाएको छ ।

घाइते तीन नेपाली ज्योती गुरूङ, सीता सापकोटा र रमेश खनालको उपचार भइरहेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...