मेयर साम्पाङको टोलीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

66

काठमाडौँ, २१ चैत । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर मेयर साम्पाङ नेतृत्वको टोलीले धरानमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानको खोजी गर्दै आवश्यक बजेट छुट्याउन माग गर्दै ज्ञापनपत्र पेस गरेको हो ।

आगामी आर्थिक वर्षको बजेटमा कोसी नदीबाट धरानमा खानेपानी झार्ने योजना समेटिदिन माग गरिएको छ । उक्त योजनाका लागि खानेपानी डिपिआर तयार भइसकेको भन्दै अब बाँकी कामका लागि बजेट विनियोजन गर्न माग गरिएको छ ।

मेयर साम्पाङसहितको टोलीले आजै अन्य तीन मन्त्रीलाई पनि छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएको छ । शिक्षामन्त्री अशोक राई, सहरी विकासमन्त्री सीता गुरूङ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई भेटेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...