नाबालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा २ जना पक्राउ

31

काठमाडौँ, २१ चैत । नाबालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले २ जनालाई मंगलबार पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरीले काठमाडौँको टोखा नगरपालिका–६ धापासी बस्ने २१ वर्षीय आशिष तामाङ भन्ने निमा तामाङ र उनका साथी काभ्रे महाभारत गाउँपालिका–७ घर भई धापसी बस्ने २१ वर्षीय कुशल श्रेष्ठलाई पक्राउ गरेको हो ।

तामाङले फेसबुकमार्फत् नाबालिका पीडितलाई साथी बनाएका थिए । फेसबुकमार्फत् चिनजान गरी उनीहरू दुवै जनाले नाबालिकामाथि बलात्कार गरेको आरोप छ ।

तामाङ र श्रेष्ठले पीडितलाई गत फागुन ६ गते टोखा ग्रान्डी अस्पताल नजिकै गेष्ट हाउसमा लगेका थिए । त्यहाँ सामूहिक बलात्कार गरी फरार भएका उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको एसपी रेग्मीले बताए ।

घटनाको थप अनुसन्धान गर्न कार्यालयले उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्जमा पठाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...