मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले

53

काठमाडौँ, २१ चैत । मधेस प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरिएको छ । एमालेबाट नियुक्त भएका ४ मन्त्री तथा एक जना राज्यमन्त्रीले मुुख्यमन्त्री सरोजकुमार यादवसमक्ष मंगलबार राजीनामा बुझाएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उनीहरूले राजीनामा बुझाएका हुन् । संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि प्रदेश सरकारबाट एमाले बाहिरिएको हो ।

गएराति मुख्यमन्त्री यादवले एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए । संघमा बनेको गठबन्धनअनुसार प्रदेशमा अब नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश सरकारमा सहभागी गराउने तयारी छ ।

Share This:
सम्बन्धित खबर
Loading...