तनहुँमा ९ दलले गराए उम्मेदवारी दर्ता

85

तनहुँ, २० चैत । तनहुँ क्षेत्र नम्बर १ मा ९ दलले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्तामा बेलुका ५ सम्म ९ दलले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, नेकपा (एमाले)बाट सर्वेन्द्र खनाल, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, नेपाली कांग्रेसबाट गोविन्द्र भट्टराई, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवार दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...