फेसबुक ह्याक गरी चरित्र हत्या गर्ने युवक पक्राउ

21

काठमाडौँ, २० चैत । फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडियो राखेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ धनपालथान गाउँपालिका–४ कर्सियाका २२ वर्षीय दिपेश लोहनी छन् ।

अध्ययनको सिलसिलामा विदेश गएकी महिलालाई दैनिक फोन म्यासेज गरेर धम्की दिइ सामाजिक सञ्जाल फेसबुकसमेत ह्याक गरी लोहनीले अश्लिल फोटो तथा भिडियोहरू फेसबुकसँग जोडिएका व्यक्तिहरूलाई पठाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

यस्तै, फेसबुक लाइभबाट आत्महत्या गर्ने र पीडितलगायतलाई फसाउने, पीडितको चरित्रहत्या गर्ने भन्दै लोहनीले धम्क्याउने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका लोहनीलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा थप अनुसन्धान एवम् कारबाहीका लागि प्रहरी परिसर टेकु पठाएको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...