कोशी नामाकरणविरुद्ध पहिचानवादीको आन्दोलनलाई जसपाको समर्थन

94

काठमाडौँ, १९ चैत । पहिचानवादीको आन्दोलन चर्किँदै गएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशको नामाकरण परिवर्तन हुनु पर्ने जनाएको छ ।

अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलर अनुसार तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नम्बर १ नै कायम हुनुपर्ने र प्रदेशसभाले पहिचान अनुसारको नाम परिवर्तन गरेमा मात्र उक्त परिवर्तित नयाँ नामाकरणलाई समर्थन गरिनेछ ।

 प्रदेश नम्बर १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने आन्दोलनको मागलाई यथोचित रुपमा सम्बोधन गर्न गराउन सरकारसँग जोडदार माग गरिएको पनि सो परिपत्रमा उल्लेख छ ।

 गत चैत १ गते  प्रदेश १ को नाम ‘कोशी प्रदेश’ शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्च्याउन भएको आन्दोलनको समर्थनसमेत गरेको जनाईएको छ ।

 कोशी नामाकरण गरेपछि  पछिल्ला दिनमा  विराटनगरलगायतमा दिनहुँ आन्दोलन भइरहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...