दोलखापछि लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प

57

काठमाडौँ, १८ चैत । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको केही समयमा नै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङको मालिङ केन्द्रबिन्दु भएर आज बिहान ११ः३९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि आजै बिहान ११ः२७ मिनेट जाँदा दोलखाको सुरी केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...