फिदिममा कार दुर्घटना : एकको मृत्यु, चार जना घाइते

93

पाँचथर, १८ चैत । पाँचथरको फिदिम नगरपालिकास्थित कान्छी दोकान नजिकै कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

शुक्रबार बेलुका ताप्लेजुङको पाथिभरा तिर्थयात्रा गरी फर्कने क्रममा मेचिराजमार्ग सडकबाट करिब २०० मिटर तल खसेर कार दुर्घटना भएको हो ।

दुर्घटनामा झापा बिर्तामोड नगरपालिका–४ नमुना टोल निवासी १८ वर्षीया रश्मा भुजेलको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ४० वर्षीया सीता भुजेल, ४५ वर्षीय राजु भुजेल र ३९ वर्षीया मिना भुजेल गम्भीर घाइते भएका छन् । १३ वर्षीय राजमोहन भुजेल सामान्य घाइते भएको र उनीहरू एकै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ ।

करिब सात बजे बाक्लो हुस्सुसँगै वर्षा भइरहेको बेला सडकबाट चिप्लिएर कार खसेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । घाइतेहरूलाई थप उपचारको लागि बिर्तामोड रिफर गरिएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...