नेता–कार्यकर्ता मुलुकको समस्या समाधान गर्न लाग्नुपर्छ : माधव नेपाल

53

झापा, १७ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिएका छन् ।

सो पार्टीको स्कुल विभाग झापाको आयोजनामा भद्रपुरमा आजदेखि सुरू भएको दुई दिने ‘अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा अध्यक्ष नेपालले मुलुकको समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याए । “देशको समस्याको पहिचान, कारण र समाधानका लागि लाग्नुपर्छ,” उनले भने, “त्यसका लागि नयाँ सोच, आँट र हिम्मत जरूरी छ ।”

मुलुकको राजनीतिक कोर्स फेर्न आफूहरूले योगदान गरेको चर्चा गर्दै उनले नेता–कार्यकर्तालाई निराश नभई नयाँ सोच, ऊर्जाका साथ अघि बढ्न निर्देशनसमेत दिए ।

पुराना पुस्ताबाट अब युवापुस्ताले जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै युवापुस्तालाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे । पठन संस्कृतिको विकास गर्दै समाज, देशसँगै अन्तर्राष्ट्रिय कुरा जान्न, बुझ्न कार्यकर्तालाई उनले सुझाव दिए ।

Share This:
सम्बन्धित खबर
Loading...