डलर साट्ने बहानमा लुटपाट गर्ने पक्राउ

18

काठमाडौँ, १७ चैत । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डलर साट्ने बहानमा लुटपाट गर्ने मुख्य व्यक्ति पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साटिदिन्छु भनी प्रलोभन देखाइ भक्तपुर दधिकोटबाट १९ लाख, लालितपुर चाँगाथलीबाट २ लाख, ललितपुर सानोगाउँबाट ४ लाख र भक्तपुर बालकोटबाट ५ लाख ५० हजार गरी ३० लाख ५० हजार ठगी भएको उजुरी परेपछि अनुसन्धान गर्ने क्रममा सिन्धुपाल्चोक बाह्रबिसे–२ कर्थली घर भई भक्तपुरको बालकोट बस्ने २८ वर्षीय भीम बहादुर तामाङ पक्राउ गरेका छन् ।

तामाङलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...