चितवन, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको सेवाका लागि मन्त्री र मन्त्रालय चाहिने बताएका छन् ।
चितवनको रामनगरमा आयोजित कार्यक्रममा उनले अझै पनि कयौँ नागरिकहरु न्यायका लागि कुरिरहेको भन्दै त्यसका लागि सरकारमा गएर काम गर्नुपर्ने बताए ।
उनले रास्वपाका सांसदहरुले संसद्मा सक्रिय भूमिका निर्वाह गरेको बताए । उनले छोटो समयमा पनि आफ्नो पार्टीले विभिन्न मन्त्रालय सम्हालेर जनताको पक्षमा काम गरेको बताए ।