‘जनयुद्ध दिवस’विरूद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

140

काठमाडौँ, १६ चैत । सर्वोच्च अदालतले ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा दिने निर्णयविरूद्ध परेको रिट निवेदनलाई दर्ता गर्न आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले रिट निवेदन दर्ता नगर्ने भनी अदालत प्रशासनले गरेको आदेशलाई बदर गरेको हो ।

अधिवक्ता ज्ञानेन्द्र आरणलगायतले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णयले हिंसालाई प्रोत्साहन गरेको भन्दै त्यसलाई बदर गर्न माग गरी सर्वोच्च अदालतमा निवेदन पेस गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...