काठमाडौँ, १६ चैत । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार भेटवार्ता भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।
चिनियाँ राजदूत चेन सोङले भेटमा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपको सञ्चालक समितिका अध्यक्ष ली होङलाई समेत लिएर गएका थिए ।
उक्त अवसरमा काठमाडौँमा सार्वजनिक सुविधाहरूको स्तरोन्नति गर्न सम्भावित सहकार्यबारे छलफल भएको राजदूत चेन सोङले ट्विटरमा उल्लेख गरेका छन् ।