एकैदिन ४२ जनामा कोरोना संक्रमण

144

काठमाडौँ, १६ चैत । पछिल्लो २४ घन्टामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

३०० पिसिआर परीक्षण गर्दा ३७ जनामा र ६१५ एन्टिजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

साथै पछिल्लो २४ घण्टामा १७ जना कोरोना भाइरस संक्रमणमुक्त हुँदा ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।  सक्रिय संक्रमितको संख्या १२३ रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...