सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो

45

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन जाने भएपछि आज बसेको सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन हुन पुगेको छ ।

मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डाका लागि आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

प्रधानमन्त्री दाहाल चितवनवाट फर्केपछि पुनः बैठक बसी मन्त्रालयको संख्या र मन्त्रालय भागबन्डा हुने जनाइएको छ । यद्यपि, प्रधानमन्त्री प्रचण्डले भागबन्डा अनुसारको मन्त्रीहरुको नाम दिनका लागि अनुरोध गरेका छन् ।

प्रधानमन्त्री दाहाल चितवनस्थित आन्तरिक विमानस्थलको शिलान्याशका लागि अहिले चितवन जाने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । चितवनवाट फर्केपछि पुनः गठबन्धनको बैठक बसेर मन्त्रालय र मन्त्रालयको भागबन्डा टुंगाइनेछ । प्रधानमन्त्री प्रचण्ड आजै नयाँ मन्त्रीहरुको शपथ खुवाउने तयारीमा छन् ।

Share This:
सम्बन्धित खबर
Loading...