युट्युब र टिकटकसँग टेलिभिजनहरू डराउनु पर्दैन : ओली

69

बुटवल, १६ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले युट्युब, टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालसँग टेलिभिजनहरू डराउन आवश्यक नरहेको बताएका छन् ।

बुधबार बुटवलमा लुम्बिनी सामुदायिक टेलिभिजनको १७औँ वार्षिक साधारणसभामा पूर्वप्रधानमन्त्री ओलीले टेलिभिजनकै सूचना र समाचार सामग्रीहरू युट्युब र टिकटकमा आउने गरेको बताए । “पछिल्लो समय टेलिभिजनहरू युट्युब, टिकटक, फेसबुक आदिसँग तर्सिएको देख्छु,” ओलीले भने, “उनीहरूले टेलिभिजनकै समाचार सामग्री प्रयोग गरेका हुन्छन्, तिनीहरू व्यक्तिगत ढंगले चलेका हुन् टेलिभिजनहरू टिमवर्कमा चलेका हुन्छन्, सामूहिकतामा आधुनिक प्रविधि प्रयोग गर्दै इमान्दार भएर काम गरे व्यक्तिले चलाउनले युट्युब, टिकटक र फेसबुकसँग डराउनु पर्दैन ।”

अध्यक्ष ओलीले नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न पनि सञ्चार माध्यमहरूलाई सुझाव दिए । विश्वमा सञ्चारका नयाँ–नयाँ प्रविधिहरूको विकास भएकाले टेलिभिजनलगायतका सञ्चार माध्यमहरूले पनि त्यसको प्रयोग गर्दै अघि बढे यसको प्रभावकारिता अझै बढ्ने उनको भनाइ थियो ।

विश्वमै टेलिभिजनको इतिहास धेरै पुरानो नभइ १०२ वर्षको मात्रै रहेको र नेपालमा १९८५ देखि श्यामश्वेत टेलिभिजन प्रशारण सुरू भएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि सञ्चार जगतले व्यापक फड्को मारेको उनले बताए । नेपालमा ग्यालेक्सी प्रविधि आइनसकेको उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...