नेपाली कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?

143

काठमाडौँ, १६ चैत । मन्त्रिपरिषद् विस्तारका लागि सत्तारूढ गठबन्धनमा आबद्ध दलहरू मन्त्री छनोटको गृहकार्यमा जुटेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएपछि दलहरूले मन्त्रीको सूची बनाउन लागेका छन् ।

मन्त्रीको रस्साकस्सी सबैभन्दा बढी नेपाली कांग्रेसमा छ । कांग्रेसले ८ मन्त्रालय पाउने समझदारी गठबन्धन दलभित्र छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा छ । मन्त्रीको सूची र मन्त्रालयको जिम्मेवारी भने अझै पनि मिलिसकेको छैन ।

कांग्रेस स्रोतका अनुसार खड्काको संयोजकत्वमा अर्का उपसभापति धनराज गुरूङ पनि मन्त्रिपरिषद्‌मा सहभागी हुने छन् । एनपी साउद, सीता गुरूङ, डिगबहादु लिम्बू, प्रकाशशरण महत, रमेश रिजाल र किशोरसिंह राठोरको नाम पनि मन्त्रीमा टुंगो लागेको कांग्रेस स्रोतको दाबी छ ।

सीता प्रत्यक्षमा निर्वाचित कांग्रेसको एकमात्र महिला सांसद हुन् । कांग्रेसबाट दीपक खड्काले पनि मन्त्रीमा दाबी भने यथावत राखेको निकट स्रोतले बतायो ।

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेको साताभन्दा लामो समय भए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सत्ता गठबन्धनबीच बुधबार मात्र मन्त्रालय भागबन्डामा सहमति भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...