थ्री नेसन्स कप : नेपाल र भुटान भिड्दै

52

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री थ्री नेसन्स कपमा घरेलु टोली नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै छ।

दशरथ रंगशाललामा खेल साझ ६ बजे सुरु हुने खेलमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यसहित मैदान उत्रने छ ।

नेपालले पहिलो खेलमा लाओसलाइ २–० गोलले पराजित गरेका थियो भने भने लाओससँग पराजित भएर आएको भुटान नेपालसँग पहिलो जितको खोजीमा हुने छ । भुटान पहिलो खेलमा लाओससँग २–१ ले पराजित भएको थियो ।

त्यसैले नेपालले फाइनलमा स्थान बनाउन भुटानसँग बराबरी खेले पुग्छ । भुटानका लागि भने फाइनलमा स्थान बनाउन जितको विकल्प छैन ।

उता लाओसको नजर पनि नेपाल र भुटानबीचको खेलमा हुने छ । नेपालले भुटानलाई पराजित गरे वा बराबरी खेलमा नेपालसँग लाओस फाइनलमा पुग्ने छ । फाइनल आगामी बिहीबार हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...