सन्दीप लामिछानेविरूद्ध मुद्दाको सुनुवाइ स्थगित

47

काठमाडौँ, १३ चैत । क्रिकेटर सन्दीप लामिछानेविरूद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

लामिछानेविरूद्ध जबरजस्ती करण (बलात्कार) गरेको मुद्दाको सोमबार काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर, लामिछाने पक्षले पेसी स्थगित गरेका हुन् ।

यसअघि न्यायाधीश घिमिरेकै इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...