नेपाल प्रहरीका ४ डिआइजी एआइजी बढुवाका लागि सिफारिस

22

काठमाडौँ, १३ चैत । नेपाल प्रहरीका ४ प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस गरिएको छ ।

सोमबार बिहान बसेको बढुवा समितिले डिआइजीहरू सन्दीप भण्डारी, सुदीप गिरि, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआइजीमा बढुवा गर्न सिफारिस गरिएको हो ।

यसअघि, गत असार १४ गते डिआइजीमा बढुवा हुँदाको वरीयताअनुसार नै एआइजीमा बढुवा गरिएको हो । असारमा १७ जना एकसाथ डिआइजीमा बढुवा भएका थिए ।

उनीहरूभन्दा अघिल्लो वरीयतामा रहेबा बसन्त कुँवर आइजीपी भइसकेका छन् । टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजी भइसकेका छन् ।

चैत ११ गतेदेखि एआइजीहरू सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकास भएपछि र कुँवर आइजीपीमा पदोन्नती भएपछि नेपाल प्रहरीमा ४ एआइजी रिक्त भएको थियो । नेपाल प्रहरीमा जनपदतर्फ ८ एआइजीको दरबन्दी छ ।

Share This:
सम्बन्धित खबर
Loading...