भरतपुर, १२ चैत । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले अलपत्र परेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण तिर्ने र बाँकी निर्माणको काम एक साथ अगाडि बढ्ने बताएकी छन् ।
नेपाल कराँते महासंघको सातौँ राष्ट्रिय महाधिवेशन कार्यक्रममा उनले रंगशालाको बहुवर्षीय सहमतिसहित टेन्डर प्रक्रिया अगाडि बढाउने गरी पहल भइरहेको बताइन् ।
चितवनमा रंगशाला बन्छ कि बन्दैन भन्ने विषय सबै जनता र खेलाडीले चिन्ता र चासोका साथ हेरिरहेकाले महानगरपालिका प्रमुखको हैसियतले सक्दो पहल भइरहेको उनले जानकारी दिए ।