ज्ञानेन्द्र शाहीको प्रस्ताव– सांसद र मन्त्रीका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको बढाऔँ

42

काठमाडौँ, १२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपाली राष्ट्रिय खेलाडीहरूले मन्त्री र सांसदका स्वकीयहरूलेभन्दा कम तलबमा खेलिरहेको बताएका छन् ।

राप्रपा संसदीय दलको सचेतकसमेत रहेका शाहीले खेलले नेपाललाई विश्वमा चिनाए पनि खेलाडीहरूका लागि सरकारले पर्याप्त बजेट नछुट्याउँदा खेलाडीहरू पलायन भइरहेको बताए ।

राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका सुजल श्रेष्ठले अष्ट्रेलिया पलायत भएको विषय उठाउँदै शाहीले तलब वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।

कुल बजेटको ०.१३ प्रतिशतमात्रै खेलकुदका लागि छुट्याइएको र खेलाडीलाई सांसदका स्वकीयभन्दा कम तलब दिइएको बताउँदै सबै सांसदहरूका स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीको तलब वृद्धि गर्न उनले प्रस्ताव गरे ।

“हामी सबै सांसदहरूको स्वकीय सचिवको तलब कटौती गरेर खेलाडीहरूको तलबमा वृद्धि गरियोस्,” उनले भने, “रंगशाला बनाइयोस् र बजेट अगाडि बढाइयोस् ।”

Share This:
सम्बन्धित खबर
Loading...