विचार र सिद्धान्त मिले पार्टी एकता हुन्छ : बाबुराम भट्टराई

51

सुर्खेत, ११ चैत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विचार र सिद्धान्त मिले पार्टी एकता गर्नका लागि वार्ता टोली बनाएर छलफल जारी रहेको बताएका छन् ।

शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पार्टीको प्रशिक्षण भेलाका लागि सुर्खेत आएका उनले पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

दुईवटा पार्टी मात्रै नभएर अरू कम्युनिस्ट दलहरूसहितको एउटा समाजवादी धार निर्माण गर्नुुपर्छ भन्ने पक्षहरू पनि रहेको उनले बताए । “यी सबै क्षेत्रमा सुधारको आवश्यक रहेको छ । यो अवसर सबै दलहरूलाई ५ वर्षमा यी काम पूरा गर्ने अवसर हामीलाई छ । यदि पूरा गर्न सकिएन भने स्थिति धेरै गम्भीर हुन सक्छ,” उनले भने ।

डा.भट्टराईले वर्तमान अवस्थामा देशको अवस्था ठिक नरहेको धारणा व्यक्त गरे । अहिले देशमा सामाजिक, आर्थिक र राजनीतिक अवस्था सही तरिकाले अघि नबढेको बताए । वर्तमान गठबन्धन समयसम्म टिक्नेमा उनी ढुक्क रहेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...