यी हुन् २०६८ को भन्दा कम जनसंख्या भएका ३४ जिल्ला

68

काठमाडौँ, १० चैत । देशका ३४ वटा जिल्लामा जनसंख्या घटेको देखिएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार अघिल्लो जनगणनाको तुलनामा जनसंख्या घटेको पाइएको हो ।

सबैभन्दा बढी रामेछाप जिल्लामा १.६७ प्रतिशतले जनसंख्या घटेको छ । यो जिल्लामा २०६८ को जनगणनामा २ लाख २ हजार ६४६ जना रहेकोमा अहिले घटेर एक लाख ७० हजार ३२० पुगेको छ ।

खोटाङ जिल्लामा १.५७ प्रतिशतले जनसंख्या घटेर १ लाख ७५ हजार २९८ पुगेको छ । जनसंख्या घट्ने जिल्लाहरूमा सबै हिमाली र पहाडी जिल्ला रहेका छन् ।

काठमाडौँ उपत्यका नजिकको जिल्ला काभ्रेपलाञ्चोकमा समेत ०.४६ प्रतिशतले जनसंख्या घटेको छ ।

यी हुन् जनसंख्या घटेका ३४ जिल्ला

Share This:
सम्बन्धित खबर
Loading...