बेलारूसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काइयो

193

काठमाडौँ, १० चैत । बेलारूसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । उनीहरूलाई शुक्रबार नेपाल फर्काइएको हो ।

नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरूङ र मार्फा सोताङ राई छन् ।

नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजवादी)की सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाइन् । उनले विदेशमा पुर्‍याएर अलपत्र बनाउने अपराधीलाई सरकारले कारबाही गर्ने आश्वासन दिइन् ।

त्यस्तै, एकीकृत समाजवादी केन्द्रीय प्रचार विभाग सदस्य क्रितु भण्डारीले ९ महिलालाई ललाईफकाई बेलारूस पुर्‍याएर अलपत्र पारिएपछि स्वदेश फर्काइएको जनाइन् ।

स्वदेश फर्काइएकी पीडित सानुमायाले बेलारूमिा आफूहरूले दैनिक १२ घन्टा काम गर्नु परेको तर भनेको पारिश्रमिक नदिएको र पीडा दिने गरेको जानकारी दिइन् । उनले नेपालबाट जाँदा एजेन्टहरूले डलरमा पैसा दिने भने पनि बेलारूसमा गएपछि ७५ बेलारूसी रूबेल दैनिक पाउने गरेको जनाइन् ।

पीडित ९ महिलालाई विभिन्न संघसंस्थाको सहयोगमा नेपाल फर्काइएको हो । उनीहरू टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...