विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

31

मोरङ, १० चैत । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले विराटनगर आसपास क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने बताएका छन् ।

विराटनगरको सहिद रंगशालामा बिहीबार साँझदेखि सुरू भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस क्षेत्रमा खेलकुदको विकासका लागि प्रदेश सरकारले आगामी वर्षदेखि रंगशाला निर्माण सुरू गर्ने जानकारी दिए ।

मुख्यमन्त्री कार्कीले खेलाडीले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान कायम गर्न सफल भएको सम्मानस्वरूप विराटनगर नजिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण गर्ने उल्लेख गरे । उनले आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गर्ने उद्घोष गरे ।

राज्यको कम लगानीका बाबजुद फुटबल र क्रिकेट खेलमार्फत् प्राप्त सफलताको दक्षिण एसियाका साथै विश्वमा नै नेपाल र नेपालीलाई चिनाएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले खेलाडी राष्ट्रका सम्पदा भएकाले उनीहरूको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

Share This:
सम्बन्धित खबर
Loading...