‘कोसी’ नामाकरणविरूद्धको आन्दोलनमा घाइते पदमको उपचारको क्रममा मृत्यु

61

विराटनगर, १० चैत । कोसी प्रदेश नामाकरणको विरोधमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ’को उपचारको क्रममा मृत्यु भएको छ ।

विराटनगरस्थित निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गर्न जानेक्रममा सशस्त्र प्रहरीको प्रहारबाट लिम्बू घाइते भएका थिए । टोउकोमा चोट लागेका लाजेहाङलाई बुधबार राति बान्ता गरेपछि बेहोस अवस्थामा उपचारार्थ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको थियो ।

बिपी प्रतिष्ठानको आइसियूमा उपचाररत लिम्बूको थपउपचारका लागि हेलिकोप्टर चार्टर गरी काठमाडौँ लाने तयारी भइरहेका बेला शुक्रबार बिहान २ः३० बजे निधन भएको पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ । धरान–१५ का लिम्बूलाई सहिद घोषणा गर्न माग गरिएको छ ।

घटनाको जिम्म प्रदेश १ का ८२ जना सांसद, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की, प्रधानमन्त्री प्रचण्ड एवम् नेपाल प्रहरीले लिनुपर्ने भन्दै संघर्ष समितिले विज्ञप्तिमार्फत् लिम्बूको हत्या भएको र अनुसन्धान गर्न छानबिन आयोग गठनको माग गरेको छ ।

४२ वर्षीय लिम्बू संघीय लोकतान्त्रिक मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सहकमाण्डर थिए । उनी २०५२ देखि लिम्बुवान आन्दोलनमा सक्रिय थिए ।

Share This:
सम्बन्धित खबर
Loading...