यान्त्रिक अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना चालक कारबाहीमा

31

काठमाडौँ, ९ चैत । काठमाडौँको कीर्तिपुरमा ट्राफिक प्रहरीले विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका २६ वटा सवारी साधनका चालकलाई कारबाही गरेको छ ।

११५ भन्दा बढी सवारी साधन चेक गर्दा ह्याण्डब्रेक ठिक नभएका १९ वटा र लाइटहरु दुरुस्त नभएका ७ वटा गरी २६ वटा सवारी साधन फेला परेपछि चालकहरू कारबाहीमा परेका हुन् ।

यान्त्रिक अवस्था ठिक नभएका सवारी साधनहरूलाई मर्मत गर्ने र तोकिएको जरिबाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाइएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अवस्था ठिक नभएको सवारी साधन चलाउदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्न नियमितरुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन सञ्चालन गर्न सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई अनुरोध गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...