प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने लोसपाको निर्णय

33

काठमाडौँ, ९ चैत । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । १० दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि नेता शरदसिंह भण्डारीले जानकारी दिए ।

यसका लागि गठबन्धन आवद्ध दलसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको उनले बताए । बैठकले पार्टी संगठनलाई सुदृढीकरण अभियान चलाउने निर्णयसमेत गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...