क्रिकेटर राजवंशी र कँडेललाई गृहजिल्लामा सम्मान

52

विराटनगर, ८ चैत । नेपाल खेलकुद महासंघ मोरङले नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशी र दिपेशप्रसाद कँडेललाई आज नगदसहित सम्मान गरेको छ ।

महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई जनही २५ हजारसहित सम्मान गरेका हुन् ।

राजवंशी र कँडेलले नेपालको क्रिकेटलाई उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण प्रोत्साहित गर्न नगदसहित सम्मान गरिएको बताउँदै उनले खेल क्षेत्रको विकास र पूर्वाधार निर्माणमा सहकार्य गर्ने विचार राखे ।

महासंघका मोरङ अध्यक्ष मनोज खड्का र सचिव अनन्त बस्नेतले खेलाडी देशका लागि गौरव भएको बताए ।

सो अवसरमा नेपाल क्रिकेट संघको कोषाध्यक्ष रोशन बहादुर सिंह र राजवंशीका बुबा आमालाई समेत सम्मान गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...