नेपालले लाओसलाई २–० ले हरायो

105

काठमाडौँ, ८ चैत । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत लाओसविरूद्धको खेलमा नेपालले जित हासिल गरेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २–० गोलले पराजित गरेको हो ।

नेपालले पहिलो हाफमा अनन्त तामाङको गोलमा सुरूवाती अग्रता लिएको थियो । दोस्रो हाफमा नेपालका लागि नवयुग श्रेष्ठले लामो दुरीबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारे । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले विजयी सुरूवात गर्दा सनिश श्रेष्ठलाई सुरूवाती रोजाइमा डेब्यु दिएका थिए । त्यस्तै, दोस्रो हाफमा मणि लामा, सुमित श्रेष्ठ र दीपक राज सिंह ठकुरीले पनि डेब्यु गरे ।

नेपालले चैत १४ मा भुटानसँग खेल्ने छ । त्यसअघि माघ ११ मा लाओस र भुटानबीच खेल हुने छ ।

शीर्ष २ टोलीले अर्को शुक्रबार फाइनल खेल्ने छन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...