काठमाडौँ, ८ चैत । नेकपा (एमाले)का नेता डा.भीम रावलले प्रहरीले मुख थुनेर बोल्न नदिएको विषयमा आपत्ति जनाएका छन् ।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैंकको ब्याज घटाउनु पर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले युवाहरूको मुख थुनिदिएको थियो । सोही घटनालाई लिएर रावलले आपत्ति जनाएका हुन् ।
“जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पुँजीपति र बाह्य हस्तक्षेपकारीहरूलाई देश, संस्कृति र राज्यमा दाई गर्न खुला छोड्ने । यस्तो कुबुद्धि कसले सिकायो ?” रावलले सामाजिक सञ्जालमा लेखेका छन् ।