एम्बाप्पे फ्रान्सको नयाँ कप्तान

70

काठमाडौँ, ७ चैत । फ्रान्सको राष्ट्रिय फुटबल टोलीको कप्तानमा स्टार खेलाडी किलियन एम्बाप्पे नियुक्त भएका छन् ।

पूवकप्तान ह्युगो लोरिसले सन्यास लिएपछि एम्बाप्पेले टोलीको नयाँ कप्तान नियुक्त भएका हुन् । ३६ वर्षीय ह्युगोले गएको वर्षको फिफा विश्वकप फाइनलमा टोलीको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

एम्बाप्पेले २४ वर्षको उमेरमा टोलीको कप्तानी सम्हाल्ने भएका हुन् । उनको ध्यान अब आउँदो वर्ष हुने युरो कपमा हुने छ ।

पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट व्यावसायिक फुटबल खेल्ने एम्बाप्पेले सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि जिताउन महत्वपूर्ण योगदान पुर्‍याएका थिए । यस्तै, गएको वर्षको विश्वकपमा उनकै उत्कृष्ट प्रदर्शनका कारण फ्रान्स फाइनलमा पुगेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...