नेपाल एयरलाइन्सका पाइलटसहित सात जनालाई ग्राउन्डेड

63

काठमाडौँ, ७ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका चालक दलका तीन सदस्यसहित सात कर्मचारीलाई ग्राउन्डेड गरेको छ ।

ताप्लेजुङबाट काठमाडौँ आएको नेपाल एयरलाइन्सको विमानमा लोड सिट क्षमताभन्दा १०५ किलो बढी सामान बोकेको पाइएपछि प्राधिकरणले अर्को सूचना जारी नभएसम्म ग्राउन्डेड गरेको हो ।

सोमबार ताप्लेजुङबाट काठमाडौँ आएको ट्विनअटर ९एन–एबीटी विमानमा लोड सिटमा भन्दा १०५ किलो बढी सामान बोकेको थियो । उक्त सूचना पाएपछि चालक दलका तीनजना, निगमको मार्केटिङ कर्मचारी, डिसप्याचरसहित ७ जनालाई ग्राउन्डेड गरिएको निगमका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उक्त विमानले एक पुरूष यात्रुलाई महिला यात्रुको रूपमा यात्रा गराएको पनि पाइएको निरौलाले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...