काठमाडौँ, ७ चैत । प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छन् ।
घोषित २३ सदस्यीय टिमको कप्तानमा किरणकुमार लिम्बू रहेका छन् । उनीसँगै गोलरक्षकमा अभिषेक बराल र दीप कार्की छन् । यस्तै, डिफेन्डरमा सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पद्म भट्टराई, आदित्य चौधरी र निशान खड्का छन् ।
मिडफिल्डरमा पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा र भरत खवास छन् । फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अञ्जन विष्ट, अनिश चौधरी, सुमित श्रेष्ठ र मनिष डाँगी रहेका छन् ।
मनाङ मर्स्याङ्दी क्लबका सुमित श्रेष्ठ, एपिएफ फुटबल क्लबका मणि लामा र सनिश श्रेष्ठ, एफसी खुमलटारका पदम भट्टराई, सातदोबाटो युथ क्लबका अभिषेक बराल र दीपकराज सिंह ठकुरी पहिलोपटक राष्ट्रिय टोलीमा परेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधबार लाओसको सामना गर्दै छ ।