काठमाडौँ, ७ चैत । गायक राजकुमार सिंहले ‘बलेको आगो–२’ बोलको नयाँ म्युजिक भिडिओ सार्वजनिक गरेका छन् ।
बेलायतका विभिन्न रमरणीय स्थलमा छायांकन भएको भिडिओको कोरियोग्राफी तथा निर्देशन प्रभु गुरुङले गरेका हुन् । गुरुङको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडिओ आरडिआर इन्टरटेनमेन्टको युट्युब च्यानलमार्फत् रिलिज गरिएको हो ।
प्रेम र मिलनमा आधारित यस गीतको म्युजिक भिडिओमा रोशन बस्नेत, निश्मा बन र दुर्गा सिंहले अभिनय गरेका छन् । राजकुमार सिंहको स्वर, सुनिल राईको संगीत संयोजन छ भने लक्ष्मी बर्देवाको शब्द छ ।