बरूण बहुमुखी क्याम्पसमा नेविसंघका राई विजयी

153

खाँदबारी, ६ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनअन्तर्गत सङ्खुवासभा जिल्लाको बरूण बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका जनक राई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका विवस खत्रीलाई ३० मतले पछि पार्दै विजयी भएका हुन् ।

उनीसँगै नेविसंघ अखिल (क्रान्तिकारी)को संयुक्त प्यानलले अन्य पदाधिकारीमा पनि विजयी भएका छन् । गएराति अबेर गणना सम्पन्न भएको थियो । राईले १९६ मत पाउँदा खत्रीले १६६ मत प्राप्त गरेका थिए ।

त्यस्तै, सचिवमा अखिल (क्रान्तिकारी)का सुभास राई (१८०), कोषाध्यक्षमा नेविसंघकी जयन्ती तामाङ (२०४) विजयी भएका छन् । सचिव राईले १८० मत पाउँदा कुलुङले १७६ मत पाए । यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुकी सन्ध्या विश्वकर्माले १३८ मत प्राप्त गर्दा तामाङले २०४ मत पाइन् ।

सदस्यहरूमा अनेरास्ववियुका ईश्वर घिमिरे र स्मृति राई विजयी भए भने अन्य सबै नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलले जित हासिल गरे । सदस्यहरूमा निशान खत्री, समिर कार्की, निशा पुरी, सपना राना मगर र जानुका विश्वकर्मा रहेका छन् ।

५१६ जना मतदाता रहेको क्याम्पसमा ३६४ मत खसेको थियो । जसमध्ये ५ मत बदर भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...