राष्ट्रिय वाणिज्य बैँक र नेपाल रेमिटबीच सम्झौता

48

काठमाडाैँ, ५ चैत । नेपाल रेमिट इन्टरनेसनल प्रालि र राष्ट्रिय वाणिज्य बैँक लिमिटेडबीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानलमार्फत् भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरे ।

यस सम्झौतासँगै विदेशबाट पठाएको रकम बैंकिङ च्यानलमार्फत् भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुनका साथै यसले नेपालमा रेम्यिान्स भित्र्याउनसमेत टेवा पुर्‍याउने जानकारी नेपाल रेमिट इन्टरनेसनलका नायब महाप्रबन्धक देवबहादुर थापाले जानकारी दिए ।

विगत १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेसनल तथा देशभरि २६५ वटा शाखा कार्यलय र ४६ वटा एक्सटेन्सन काउन्टर रहेको राष्ट्रिय वाणिज्य बैंकबीचको सम्झौता पश्चात नेपाल रेमिटमार्फत् विश्वका विभिन्न स्थानबाट बैँकिङ च्यानलमार्फत् पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यलयमार्फत् सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन् । यसका साथै राष्ट्रिय वाणिज्य बैंकसँगको सम्झौतासँगै नेपाल रेमिट इन्टरनेसनलले अब देशभर १२००० भन्दा बाढी स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ ।

Share This:
सम्बन्धित खबर
Loading...