मधेस प्रदेशबाट सुशासनको सुरुवात गरौँ : मन्त्री मोदी

16

जनकपुर, ४ चैत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले मधेस प्रदेशबाट सुशासनको सुरुवात गर्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती मधेस प्रदेशको दोश्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

“जनकपुरमा ठूुलो खडेरीका कारण तलाउको पानी सुकेर गयो, यो खडेरीको निवारणार्थ राजा जनकले अश्वमेध यज्ञ निमित्त त्यही तलाउको ठाउँमा हलो जोत्दा हलोको सियाबाट घडा निस्क्यो । त्यही घडासँगै सीताको जन्म भयो, र पानीको पनि प्रबन्ध भयो भन्ने किंवदन्ती छ,” मन्त्री मोदीले भने, “मुलुकमा अहिले विकृति र विसंगति बढिरहेको छ, म चाहन्छु, सीताको जन्मस्थान भएको मधेस प्रदेशबाट सुशासन सुरुवात होस् ।”

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मूल ध्येय पनि मुलुकमा सुशासन कायम गर्ने भएकाले आफूले सम्हालेको मन्त्रालयले सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखेर कार्यसम्पादन गरिरहेको मन्त्री मोदीको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...