काठमाडौँबाट सुर्खेत उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बीचैबाट फर्कियो

73

काठमाडौँ, ४ चैत । काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि बीचैबाट फर्किएको छ ।

बुद्ध एयरको यू४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको बुद्ध एयरले जनाएको छ । जहाज सकुशल त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा ल्यान्ड भएको छ ।

जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।

६२ जना यात्रुलाई अर्को जहाजमार्फत सुरक्षित गन्तव्यमा पठाउने बुद्ध एयरले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...